सुनसरी / इटहरीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले २६ किलोमिटर लामो ‘तरहरा कोरा साइक्लिङ च्यालेन्ज–२०८०’ भएको छ ।
हिजो बिहान तरहरा साइकलिङ संघले आयोजन गरेको साइक्लिङ च्यालेन्जमा काठमाडौ, नेपालगञ्ज, बुटवल, बर्दिया, धरान, बिराटनगर लगायतका ठाउबाट आएका ३ सय १ जना साइकलप्रेमीहरुको सहभागिता थियो ।
साइकल यात्रा बिहान ७ बजे इटहरीको तरहरा चौकबाट सुरु भएर तालतलैया, भुल्के मन्दिर, प्रणामी मन्दिर धार्मिक क्षेत्र, इटहरी चौक, बक्लौरी हुदै पुनः तरहरा क्षेत्रमा फर्किएको थियो ।
केहीबेरमै स्थानीय झाँकी समेत प्रस्तुत गरियो । साकेलासँगै लाखे नाच पनि केहीबेर प्रस्तुत गरिएको थियोे । स–साना बालबालिकादेखि पाका उमेर समूहका मानिसहरू पनि कोरा च्यालेन्जमा सहभागी भएका थिए ।
कोरा तामाङ भाषाको शब्द हो । यसको अर्थ धार्मिक र पवित्र स्थल, मठ मन्दिरहरुको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु भन्ने बुझिन्छ ।
स्वास्थ्यका लागि साइक्लिङको महत्व दर्शाउन र धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसारको लागि देशभित्र र बाहिर बिभिन्न शहरमा कोरा साइकल च्यालेन्ज आयोजना हुँदै आएको र
कोरा च्यालेन्जकै लागि काठमाडौँदेखि आएका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले पर्यावरणको सौन्दर्यतासँगै पर्यटन प्रबद्र्धनमा साइक्लिङले कारण सहज हुने बताए ।
उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेलगायत स्थानीय बुद्विजीवीहरूको उपस्थिति थियो ।