Monday, January 13, 2025
पर्यटननयाँ बर्षमा भेडेटारमा तीन दिने खाना उत्सव हुने

नयाँ बर्षमा भेडेटारमा तीन दिने खाना उत्सव हुने

धनकुटा / अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय स्थल भेडेटारमा ११ औं फुड फेस्टिबल हुने भएको छ । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले फुड फेस्टिबल हुन लागेको हो ।

फुड फेस्टिवल (खाना उत्सव) आगामी पुस १५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने भएको छ । राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहने आयेजकले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

होटल एसोसियसन अफ भेडेटारको आयोजनामा हुने उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको एसोसियसनका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रमलगायतका आकर्षणसहित आयोजना हुने तीन दिने फुड फेस्टिवलुमा यो वर्ष जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत आकर्षणका रुपमा प्रस्तुत उनले बताए ।

गत २०६८ सालदेखि उत्सवका रुपमा मनाउन सुरु गरिएको खाना उत्सवका कारण होटल पूर्वाधारलगायतमा विकास हुँदै गएको एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

फेस्टिबलमा राई, लिम्बु, मगर, गुरुङ, याम्फु, तामाङ र नेवारी खानाका परीकारहरुको स्वाद लिन सकिनेछ । फेस्टिबलमा खानाका स्टल सँगै स्थानिय तरकारी तथा फलफुल, हस्तकला, कृषि तथा घरेलु उत्पादनको सामाग्री समेत राखिने छ । पर्यटकले फेस्टिबलमा माउण्टेन बाईक र प्याराग्लाईडिङको समेत मज्जा लिन सक्ने सक्नेछन् ।

विगतको तुलनामा यसपल्ट मौलिक परम्परागत संस्कृतिलाई समेत जोड दिएको अध्यक्ष लिम्बुले बताए । २०६८ सालदेखि भेडेटार फुड फेस्टिबल सुरु भएको हो । यस वर्षको उत्सवमा ३० हजार पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img