Friday, May 16, 2025
मौसमआज र भोलि बागमती र गण्डकी लगाएतका प्रदेशहरुमा भारी वर्षा हुने
spot_img

आज र भोलि बागमती र गण्डकी लगाएतका प्रदेशहरुमा भारी वर्षा हुने

spot_img

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति भने सुदूरपश्चिम, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img