मौसमआज प्रदेश १ , बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा हल्का देखि मध्यम...

आज प्रदेश १ , बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा हल्का देखि मध्यम वर्षा

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पुर्वमा सरदर स्थानको आसपासमा रहेको छ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img