काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज मंगलबार तीनवटा प्रदेशमा हल्का र क्षणिक वर्ष हुने बताएको छ।
विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडमा हल्का र क्षणिक वर्षाको सम्भावना देखिएको हो। त्यसक्रममा हुने मेघ गर्जन र चट्याङबाट जोगिन उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
प्रि-मनसुनमा सक्रिय रहने स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर देखिएको छ।
अहिले बिहान हाल सुदूरपश्चिम र कोशी प्रदेशसहित देशभरको पहाडी भेगमा आंशिक बदली छ भने तराईको मौसम सफा छ।
आज दिउँसो पहाडी इलाकामा आंशिक बदली रही बाँकी हिमाल र तराईको मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।
आज राति पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा हिमाल र तराईको मौसम सफा रहने विभागको प्रक्षेपण छ।