काठमाडौं: हाल देशमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव कायम रहेकाले आज बिहीबार गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।
आज लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । राती देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।



