काठमाण्डाै: आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बर्षाको सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण देशभर नै आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना धेरै छ । आज ठूलो पानी पर्ने सम्भावना छैन तर प्रि मनसुनको समय भएकाले कतै कतै थोरै ठाउँभित्रै भारी वर्षा हुन सक्ने प्रधानाङ्गले बताउनुभयो । हिजो अस्ति जस्तो हावाहुरीको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।
यसपटक प्रि मनसुनको समयमा पश्चिमी वायु धेरै सक्रिय रहेकाले मनसुन छिटो भित्रने अनुमान गरिएको तर पक्का भइनसकेको पनि महाशाखाले जनाएको छ ।