Thursday, March 20, 2025
मौसमआज यी ३ प्रदेशमा वर्षाको सम्भावना

आज यी ३ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं: आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना देखिएको छ। अन्य प्रदेशका पनि पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

खासगरी, चट्याङबाट हुन सक्ने जनधनको क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भेगका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img