काठमाडौं | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। हाल देशका अधिकांश भागमा बादल लागेको र केही स्थानमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिनभर देशभर आंशिकदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। देशका धेरैजसो भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, साथै केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा पनि ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ।
राति पनि देशभर बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा जारी रहने सम्भावना छ। मौसम विभागले सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।