समाजपत्रकार महासंघको निर्वाचन अनिश्चित: नयाँ राजनीतिक समीकरणले ल्याउन सक्छ ठूलो परिवर्तन

पत्रकार महासंघको निर्वाचन अनिश्चित: नयाँ राजनीतिक समीकरणले ल्याउन सक्छ ठूलो परिवर्तन

काठमाडौं | नेपाल पत्रकार महासंघको आगामी निर्वाचन प्रक्रिया सदस्यता विवादले रोकिएको छ। निर्वाचन समितिले २०८१ असार २२ गते हुने भनिएको निर्वाचन प्रक्रिया तत्काल अघि नबढ्ने विज्ञप्ति मार्फत जानकारी गराएको थियो। यो निर्णयले केन्द्रीय समिति, प्रदेश, जिल्ला शाखा, प्रतिष्ठान, र संस्थागत शाखाहरूको चुनावी प्रक्रियालाई प्रभावित पारेको छ।

निर्वाचन रोकिनुको मुख्य कारण कांग्रेस निकट नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला हो। युनियनले सदस्यतामा आएको त्रुटी सच्याउन माग गर्दै देशभरका कार्यालयमा तालाबन्दी गर्दै धर्ना समेत बसेको छ। यो कदमले निर्वाचन प्रक्रियामा गम्भीर अवरोध खडा गरेको छ। तर, महासंघले तोकिएको समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाएको छ।

यस बीच, राजनीतिक क्षेत्रमा नयाँ सत्ता समीकरणको चर्चाले पत्रकारिता क्षेत्रमा पनि प्रभाव पार्न देखिएको छ। पत्रकारका भातृ संगठनहरू प्रेस चौतारी, प्रेस सेन्टर, र समाजवादी प्रेस संगठन नयाँ परिस्थितिले ल्याउन सक्ने परिवर्तनबारे अन्योलमा छन्।

विशेषगरी, प्रेस युनियन र प्रेस चौतारीबीच नयाँ गठबन्धन बन्न सक्ने अनुमान गरिएको छ। यसले पहिले तय गरिएका उम्मेदवारी र रणनीतिहरूमा परिवर्तन ल्याउन सक्छ। जिल्लादेखि केन्द्रसम्म नयाँ समीकरण बन्ने सम्भावना बढेको छ।

महासंघले सदस्यता विवाद टुंग्याएर समयमै निर्वाचन गराउने प्रतिबद्धता जनाएको छ र उजुरीहरूको अध्ययन भइरहेको बताएको छ। तर, नयाँ राजनीतिक घटनाक्रमले निर्वाचन प्रक्रिया र नतिजामा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने अझै अनुत्तरित छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img