Saturday, June 14, 2025
मौसमकेही प्रदेशमा ठूलो वर्षाको सम्भावना

केही प्रदेशमा ठूलो वर्षाको सम्भावना

spot_img

काठमाडौं | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

हाल देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

-Ads-

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

महाशाखाले बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img