देशगण्डकी प्रदेशमुस्ताङमा हिमपाता सुरू

मुस्ताङमा हिमपाता सुरू

सुनसरी : मुस्ताङमा गए रातिदेखि हिमपात खस्न सुरू भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्ला हिमपात सुरू भएको स्थानीय बासिन्दाले बताएका छन् ।जोमसोम र म्यादीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी पनि परेको छ । वर्षा, हिमपात- पोखरा हवाई उडान पनि हुन सकेको छैन । मौसम प्रतिकुल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको छ ।

लोमान्थाङ गाउँपालिका, लो- घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्यादीको स्थानीयवासी मनबहादुर विकले जनाएका छन् । माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।मुस्ताङमा यति बेला दोस्रो पटक हिमपात भएकोले यहाँको जनजिवनमा समेत असर परेको छ । हिमपात र वर्षका कारण त्यहाँको तापक्रम माइनसतर्फ झर्दै गइरहेको जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाएका छन् ।

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय तहको कृषि शाखाले जनाएको छ । गहुँकालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरूवालाई वर्षाका कारण राहत मिलेको छैन । अहिले हिँउदे फुलफुलका बिरुवा रोप्ने समय भएका कारण फल लाग्ने हिँउदे फुलफुलका लागि पनि वर्षको आवश्यकता परेको छ । गहुँ छरिसकेका किसान पनि हिँउदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसि भएका छन् ।

मुस्ताङ र म्यादीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्यादीमा जाडो बढेको छ । मुस्ताङमा गएरातिदेखि अत्यधिक चिसोका कारण मुस्ताको गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समेत समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img