सुनसरी / आज बिहान इलामको मेची राजमार्गमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृ´त्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ ।
मेची राजमार्गको रोङ गाउँपालिका-४ स्थित पहिरोमा पिकअप दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका-४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृ´त्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
परिवारका अनुसार दुवै दाजु भाइ हुने भने दुवै दाजुभाइ विशेष कामले बिहीबार बिहानै इलाम गएका थिए । जिप चालक मेचीनगर-४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घा´इते भएको छन् । उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



