समाजत्यो रात म दुईपटक ब’ला’त्कृ’त भए – गायिका

त्यो रात म दुईपटक ब’ला’त्कृ’त भए – गायिका

काठमाडौँ :

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कर णी मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध करणी मुद्दा दर्ता गराएको हो ।

१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई कर णी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अ’पराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डाल बहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अ’पराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका कर णी गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

जिल्ला न्यायाधीवक्ता नेपालीका अनुसार अभियोगपत्रमा बयानबाहेक घटनाको पुष्टि हुने अन्य प्रमाणसमेत पेश भएका छन् । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत रिसोर्टमा बसेको पुष्टि हुने उनले बताए ।

सरकारी वकिलले अदालतमा इन्ट्री बुकको प्रतिलिपि नै पेश गरेको छ, जसमा २०७७ चैत ७ र ८ गते गैंडाकोट रिसोर्टको ६ वटा कोठामा अभिनेता शाह, पीडितलगायत सुटिङ युनिट बसेको व्यहोरा उल्लेख छ । रिसोर्टका सञ्चालक शुलोचना कुँवर जिसी र वेटर भोजराज वस्तीले पनि उक्त दिन शाहसहित कलाककारहरु त्यहाँ बसेको बयान दिएका छन् र शाहले मा’प’से से’व’न गरेको पनि उल्लेख गरेका छन् ।

पीडित बालिकाले सरकारी वकिलको उपस्थिति प्रहरीसँग दिएको बयान अनुसार ७ चैत २०७७ मा अभिनेता शाहले राति ११ बजे फेसबुक म्यासेन्सरमा म्यासेज गरेर ‘म आउँछु ढोका खुल्ला राख्नू’ भनेका थिए । म्यासेजको कुनै जवाफ नफर्काइ बसेको अवस्थामा शाहले आफ्नो कोठा नं. १०२ ढक्ढक्याएको उनले भनेकी छन् ।

‘मैले शाहको आवाज सुनेर ढोका खोल्दा कोठाभित्र प्रवेश गरेर मलाई ललाई फकाई माया गर्छु, विवाह समेत गर्छु भनेर रातभर दुई पटक इच्छा विपरित कर णी गरेका हुन्’ पीडित नाबालिकाले भनेकी छन्, ‘शाहले मलाई पहिल्यैदेखि मायाको नाटक गरेर यौ’ ‘न शो’षण गर्दै आएकोमा हामी बीच भएको स’म्बन्धको बारेमा कोही कसैलाई नभन भनेकाले मैले यो कुरा बाहिर भनेको थिइनँ ।’

प्रहरीसमक्ष दिएको बयानमा शाहले चाहिँ अघिल्लो दिन एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको थाहा पाएकाले ‘हिजो जस्तो डर लोगेको छैन नि, राम्रोसँग सुत’ भनेर आफ्नो कोठामा गएको दाबी गरेका छन् ।

साथै, उनले दुई जनाबीचमा वि’वाद भएपछि दुवै पक्षबीच छलफल गरेर पीडित २० वर्ष पुगेपछि विवाह गर्ने मौखिक सहमति भएको पनि भनेका छन् । कर णीको अभियोगमा चाहिँ उनले इन्कारी बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img