देशकोशी प्रदेशबागी उम्मेदवारका समर्थक र प्रस्तावक लाई कारबाही हुन्छ : डा. शेखर...

बागी उम्मेदवारका समर्थक र प्रस्तावक लाई कारबाही हुन्छ : डा. शेखर कोइराला

सुनसरी / नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले बागी उम्मेदवारका समर्थक र प्रस्तावकलाई कारबाही गर्ने बताएका छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेदवारसँग अन्तरक्रियामा उनले भने ‘नेपाली कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख छ बागी उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ,’ उनले भने, ‘जो ती उमेदवारको पछि लाग्छ उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ।’

सुन्दरहरैंचाका कतिपय स्थानमा वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उमेदवार प्रस्तुत भएको बताउँदै यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने उनले बताए । नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उमेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘टिकट कसले पायो के गर्‍यो छोड्नुस्, अब हामीले रुख चिह्नलाई विजयी गराउनतर्फ लाग्ने हो।’

पार्टीभित्र आन्तरिक रुपमा आफ्नो विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताउँदै उनले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने र पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img