Saturday, April 19, 2025
साहित्यब्रह्माले गल्ती गरेछन् : देवीप्रसाद मिश्र
spot_img

ब्रह्माले गल्ती गरेछन् : देवीप्रसाद मिश्र

काठमाडौ |२०७९/१/११, छन्द = शार्दूलविक्रीडि, लेखक : देवीप्रसाद मिश्र

ब्रह्माले अघि सृष्टिका समयमा गल्ती गरेछन् कसाे?
एकै मानवमा अजङ्ग गतिलाे पर्दा खडा देखियो
भाेकाे पेट लिएर हिँड्छ भरिया गल्ली गरा चाेकमा
काेही खान्छ अजीर्ण पेट छ ठुलो ऐश्वर्यका माेजमा!!१!!

काेहीँ जान्छ कलेज पढ्न गतिलाे गाडी सवारीसँग
नास्ता खर्चविना विरक्त छ कुनै भेट्दैन खोज्दा सुख
काेही छन् सँगमा रही प्रणयमा बाँच्ने शताब्दी पनि
काेही छन् वयमा वियोग भरियो!अत्यासमा जीवनी !!२!!

एकै आँत र काखका जनहरू दाज्यू र भाइ पनि
छुट्यायाे विधिले गरेन ममता लौ पक्षपाती बनी
काेही घाेट्दछ हाड त्यो बगरमा फाेरेर ढुङ्गा गिटी!
काेही बस्छ लिएर साथ पहरा जाेडेर राम्रो झिटी!!३!!

काेहीमा अति मिल्छ अन्त्य पथमा सम्मान श्रद्धार्पण
काेहीका सँगमा हुँदैन दरिलो मर्दा मलामीजन
काेही नित्य बगाउँदाेछ पसिना खाली छ भाँडाे सदा
काेही मात्र दिमाग चाल भरमा भर्दैछ आफ्नो घडा!!४!!

राम्रो अर्थ अनन्त पूर्ण कुलमा जन्मन्छ काेहीजन
काेही जन्मसँगै छ बाेझ हृणकाे गर्दा पदाराेहण
भावी बस्छ कहाँ रचेछ कसरी कस्तो अहाे!कानुन?
छैनन् आज समानता पलहरू यस्तो अनाैठाे किन?!!५!

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img