समाजविमान दुर्घटनामा परेका सबैको शव भेटियो

विमान दुर्घटनामा परेका सबैको शव भेटियो

काठमाडौं । तारा एयरको विमान दुर्घटना परी निधन भएका सबैको शव भेटिएको र थप १२ शवलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । फेला परेका १० वटा शव हिजै काठमाडौं ल्याइसकिएको छ ।

आइतबार पोखराबाट जोमसोम जाँदै गरेको उक्त विमान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटना भएको थियो । दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।

विमान दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको हो । आइतबार सम्पर्कविहीन भएको विमान सामेबार बिहान फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img