सुनसरी जिल्लाको कोशी गाउँपालिका-७ हरिपुर सडक खण्डमा साईकल यात्रुलाई जोगाउने क्रममा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँद चालक सहित २५ जना घाईते भने २ जना गम्भीर घा´इते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको यात्रुु बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । बिपरित दिशाबाट आउँदै गरेका साईकल यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।
घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाईएकोमा थप उपचारको लागि उनीहरुलाई विराटनगर पठाईएको प्रहरीले जनाएको छ । घाईते मध्ये दुई जना देबकुमारी चौधरी र भुराज खत्रीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
बाँकी घाईते मध्ये दुई जनालाई सैनिक अस्पताल इटहरी र बाँकी अन्यलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।



