Saturday, February 15, 2025
देशबागमती प्रदेशहेटौंडामा भएको अभिमुखीकरण कार्यक्रममा बलेन र सुनिता

हेटौंडामा भएको अभिमुखीकरण कार्यक्रममा बलेन र सुनिता

हेटौंडा । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन हेटौंडा छन् ।

बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाको मेयर शाह र उपमेयर डंगोलसहित प्रदेशमा स्थानीय तहको निर्वाचित प्रमुख र उपप्रमुखहरू हेटौंडामा आएका हुन् ।

कार्यक्रम आज बिहान ९ बजेबाट सुरूभई भोलिसम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अधिकृत अच्युत लामिछानेले बताए । सहभागीहरू हिजै हेटौंडा आइपुगेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img