- अर्जुन सुबदी
इटहरी रंगशालामा भएको आजको पहिलो सेमिफाइनलमा विराटनगरको मोतिराम फुटवल क्लव प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटवल क्लवको संयोजनमा जारी प्रतियोगितामा मोतिरामले धरान फुटबल क्लबमाथी २-० को जित निकाल्दै उपाधी नजिक पुगेको हो ।
मोतिरामलाई उपाधी होडमा पुर्याउन उमेश कार्की र अभिषेक लिम्बुले एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । कार्कीले ५८ औं र लिम्बुले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिजयी टिमका उमेश कार्की घोषित भए ।
उनलाई इटहरी उपमहानगरपालिका वार्ड नं ९ का वडाअध्यक्ष जितेन थापाले २ हजमर एक सय र मेडल प्रदान गरे । भोलीको अन्तिम सेमिफाइनल खेल धनकुटाको देउराली फुटबल क्लब र झापाको शनिश्चरे फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश एकका एघार जिल्लाका क्लबहरु सहभागी छन ।
त्यी सबै क्लब जिल्ला लिग च्याम्पियन हुदै प्रदेश लिगमा सहभागी हुन पाएका हुन । असार १ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले नगद २ लाख पुरस्कार पाउदा उपबिजेताले नगद १ लाख रुपैया पाउने इटहरी फुटवल क्लवका अध्यक्ष अनुरोध थापाले बताए ।



