अर्थ व्यापारकर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ ।

आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

मन्त्री विष्टले कुल बजेटमा प्रदेशले खर्च गर्ने चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार (२८ दशमलव ११ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार (५९ दशमलव ५८ प्रतिशत) बजेट विनियोजन गरिएको जानकारी दिए । त्यस्तै, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात् (१२ दशमलव ३१ प्रतिशत) विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख ७४ हजार र चालू आर्थिक वर्षमा खर्च नभई वचत हुने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त हुने रकम ९ अर्ब २ करोड २० लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख परिचालन गरिने बजेटमा उल्लेख छ ।

संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ १ अर्ब २१ करोड ५० लाख र विशेष अनुदानतर्फ ६६ करोड ८० लाख परिचालन गरिने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img