विज्ञान/प्रविधिईसेवामा ठगी गिरोह सक्रिय, यसरी ठग्न सक्छन्

ईसेवामा ठगी गिरोह सक्रिय, यसरी ठग्न सक्छन्

सजग रहन कम्पनीको आग्रह

काठमाडौं । वालेट सेवा प्रदायक ईसेवामा ठगी गिरोह सक्रिय भएको छ । प्रतिनिधिको नाममा ठगी धन्दा मौलाएको इसेवाले जनाएको छ ।

यस विषयमा कम्पनीले आफ्ना ग्राहकलाई ईसेवा वालेटमा नोटिफिकेसन पठाएर सजग रहन अनुरोध गरेको हो।

ईसेवाको नोटिफिकेसनमा लेखिएको छः ‘सचेत रहनुहोस्, ठगी हुनुबाट बच्नुहोस्

‘ईसेवाको प्रतिनिधित्व गरी फोन मार्फत अनेकौं बहानामा ओटीपी, पासवर्ड, एमपिन वा कुनै पनि व्यक्तिगत विवरण माग गरिएको खण्डमा यस्ता विवरण कहिले पनि नदिनु हुन हाम्रा ग्राहक महानुभाव समक्ष विशेष अनुरोध गर्दछौं। ईसेवाले यस प्रकारको विवरण कसैबाट पनि माग्दैन।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img