सुनसरी / नेपाल आदिबासी जनजाती महासंघ बेलबारी मोरङको आयोजनामा शुक्रबारदेखि सुरू भएको छ ।
आदिबासी जनजातिहरुको मौलिक खाना संस्कार ,सँस्कृती प्रबर्द्धन प्रर्दशनी २०७९ को प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले उदघाटन गरेका छन् ।
बेलबारी ४ मा जारी प्रर्दशनीमा आदिबासी जनजाति समुदायका भाषा,संस्कार,संस्कृति र खानाका परिकारहरु राखिएका छन । आयोजित मेला भोलि आईतबार समापन हुँदैछ ।



