देशकोशी प्रदेशमोरङमा घरबाट माइत हिँडेकी वृद्धाको मृ´त अवस्थामा पोखरीमा शव भेटियो

मोरङमा घरबाट माइत हिँडेकी वृद्धाको मृ´त अवस्थामा पोखरीमा शव भेटियो

सुनसरी / मोरङको जहदा गाउँपालिका–४ मुखिया टोलीकी घरबाट माइत जान भनेर हिँडेकी एक जना वृद्धा महिलाको मृ´त अवस्था आज बिहान शनिबार पोखरीभित्र शव भेटिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार जहदा-४ स्थित पोखरीको पानीमा डुबेर मृत्यु भएको अवस्थामा ६५ वर्षीया नीरबुधियादेवी मुखियाको शव फेला परेको हो । के कारणले मृत्युको भएको प्रष्ट भइसकेको छैन ।

घोप्टो परेको अवस्थामा बिहान ७ः३० बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखरी स्थानीय बटेश्वर मुखियाको हो । पोखरी निक्कै गहिरो रहेको स्थानीयले बताएका छन् । शुक्रबार साँझ ७ बजेतिर जहदा-४ सोहलस्थित माइती जानलाई भनेर घरबाट हिँडेकी महिला पोखरीभित्र मृत फेला परेपछि घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए ।

प्रहरीका अनुसार माइती पक्ष सम्पर्कमा नआएका कारण वृद्धा माइती घर पुगिन् कि पुगिनन् भन्ने बारेमा खुल्न सकिरहेको छैन । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाएर इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।

‘माइत हिँडेकी महिला पोखरीभित्र मृत फेला परे पनि मृत्युको कारण प्रष्ट भइसकेको छैन । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण यकिन हुने छ ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img