सुनसरी / संखुवासभाको चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन् ।
लगातार परेको वर्षासँगै पहिरोले चिचिलाका गाउँपालिका पहिरोले वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। वडा नम्बर १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए ।
यस्तै, अध्यक्ष शेर्पाका अनुसार वडा नं. ३ मुग्लिगाउँमा बलबहादुर राई , सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवार विस्थापित छन् भने चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन् ।
पहिलोले विस्थापित भएकालाई नजिकैको आफन्तको घर र सामुदायिक भवनमा राखिएको छ । पहिरोले चिचिला गाउँपालिका हुँदै मकालु भोटखाला जाने उत्तर दक्षिण सडक समेत अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा चिचिला, मकालु र भोटखोला जाने सवारीसाधन खाँदबारी नगरपालिकाको छ्याङकुटी आसपास रोकिएका छन् ।



