समाजकिरणको आग्रह : तुरुन्तै क्रिकेट रंगशाला सरकारले स्वामित्व लिएर बनाउनुपर्‍यो

किरणको आग्रह : तुरुन्तै क्रिकेट रंगशाला सरकारले स्वामित्व लिएर बनाउनुपर्‍यो

काठमाडौं – युवा नेता रवि किरण हमालले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तुरुन्तै सरकारले स्वामित्वमा लिएर समयमा काम सम्पन्न आग्रह गरेका छन् ।

धुर्मुसका नामले चर्चित सिताराम कट्टेलले अब क्रिकेट रंगशाला बनाउन नसक्ने अबस्थामा आएको बताएका थिए ।

काठमाडौंमा कटेल र हमाल बीच भेटघाट भएको छ । सरकारले निर्माण भएको रंगशालाको मुल्यांकनमा ढिलाइ गरिरहेको छ ।

किरणले लेखेका छन् “सबैलाई हसाउने एउटा मानिस आज आफै रोइरहेको जस्तो देखिन्छ अन्तर्राष्ट्रिय रंगशाला बनाउछु भन्नू पाप हो? तुरुन्तै सरकारले रंगशालाको स्वामित्व लिएर समयमा काम सम्पन्न गरोस् ।”

गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक संकलन गरेको थियो । लकडाउनका कारण आर्थिक संकलन हुन नसकेपछि समस्या उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img