देशकोशी प्रदेशखोटाङकी इटहरी १६ मा डेरा गरी बस्ने ७७ वर्षीया हजुरआमाको...

खोटाङकी इटहरी १६ मा डेरा गरी बस्ने ७७ वर्षीया हजुरआमाको ह´त्या गर्ने नाति पक्राउ

सुनसरी / खोटाङको बाराहपोखरी गाउँपालिका- ५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा फेला परेको महिलाको शवको पहिचान भए सँगै हजुरआमाको ह´त्या गर्ने नाती पक्राउ छन् पक्राउ पर्नेमा झापा जिल्लाको गौरादह नगरपालिका-३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन । गत बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको संकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको श´वको पहिचान भएको छ ।

अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीमा घर भई हाल इटहरी उप-महानगरपालिका-१६ बालग्राममा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको भन्ने खुल्न आए सँगै हत्यामा संलग्न रहेका नाती निर बहादुर खडकालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई गत बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा भोट हाल्न भनि लगेका नातीले गत बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिई गएकोमा बराहपोखरी-५ स्थित दुधकोशी नदीको बगरमा कर्तब्य गरी मारी खाल्डोमा पुरी भागी फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

हजुरआमाको कर्तब्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा असार ८ गते बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका खडकाको कर्तब्य ज्यान सम्बन्धि कसुरमा सम्मानित जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img