अन्य
    अर्थ व्यापारशुक्रबार दोहोरो अंकले बढ्यो नेप्से

    शुक्रबार दोहोरो अंकले बढ्यो नेप्से

    काठमाडौं : शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो । उसो त १३ अंकमाथिले बढेको बजार आज बजार खुलेको २ घण्टामा नै सवा अर्बको कारोबार भएको छ । अन्तिम समय (१ बजे) सम्ममा ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजारभन्दा बढी पटक बजारमा किनबेच भएर शुक्रबार १ अर्ब १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.९१ प्रतिशतले बढेको छ भने आज माइक्रोफाइनान्स समूहको उपसूचक ०.८ प्रतिशतले मात्र बढेको छ । यता म्युचुअल फन्डको उपसूचक भने आज ०.६७ प्रतिशतले घट्न पुगेको छ ।

    यस दिन न्यादि हाइड्रोपावर कम्पनीका लगानी कर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.८८ प्रतिशतले गुमाएका छन् ।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका