समाजसंक्रमित बढेपछि जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह

संक्रमित बढेपछि जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह

चितवन । केन्द्रिय अस्पतालको रुपमा परिचित भरतपुर अस्पतालले जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।

आज अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कोभिड पोजेटिभ बिरामीको सङ्ख्यामा वृद्धि भएको र अन्य बिरामी पनि दिनहुँ बढ्दै गएको भन्दै सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो ।

अस्पतालमा हाल एक जना कोभिड संक्रमित रहेको तथा अन्य बिरामी पनि सम्पर्कमा रहेकोले पनि सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

अस्पतालमा आउँदा मास्क, सेनिटाइजर प्रयोग गर्न, साबुन पानीले बारम्बार हात धुन र भौतिक दुरी कायम गर्न अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img