चितवन । केन्द्रिय अस्पतालको रुपमा परिचित भरतपुर अस्पतालले जनस्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।
आज अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कोभिड पोजेटिभ बिरामीको सङ्ख्यामा वृद्धि भएको र अन्य बिरामी पनि दिनहुँ बढ्दै गएको भन्दै सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो ।
अस्पतालमा हाल एक जना कोभिड संक्रमित रहेको तथा अन्य बिरामी पनि सम्पर्कमा रहेकोले पनि सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
अस्पतालमा आउँदा मास्क, सेनिटाइजर प्रयोग गर्न, साबुन पानीले बारम्बार हात धुन र भौतिक दुरी कायम गर्न अस्पतालले आग्रह गरेको छ ।