देशहर्क साम्पाङलाई भेटेर रविले भनेः श्रमदान गर्न मन थियो, सहकार्य जारी रहनेछ
spot_img

हर्क साम्पाङलाई भेटेर रविले भनेः श्रमदान गर्न मन थियो, सहकार्य जारी रहनेछ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आज शुक्रबार भेटेका छन्।

धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा लामिछानेले साम्पाङलाई भेट्न पुगेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेपछि यतिबेला पार्टी प्रमुख रहेका लामिछाने देशव्यापी संगठन विस्तारमा व्यस्त छन्।

सोही क्रममा उनी धरान पुगेका हुन्। उनले यसअघि हर्क साम्पाङ राई र बालेन शाहजस्ता व्यक्तिलाई आफ्नो पार्टीमा स्वागत गर्न आफू तयार भएको बताएका थिए। यद्यपी हर्क र बालेनले आफूहरु स्वतन्त्र नै रहने स्पष्ट पारिसकेका छन्।

भेटका क्रममा लामिछानेले साम्पाङलाई भनेका छन्,‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img