सुनसरी / खोटाङको ऐंसेलुखर्क गाउँपालिका- ७ माक्पामा कुकुरको सालिक ३ लाख ८० हजार रुपैयाँ खर्च गरेर सालिक निर्माण गरिएको हो ।
माक्पाका दुमी राईको ऐतिहासिक महत्त्वका आधारमा सालिक निर्माण गरिएको स्थानीय भीम राईले बताए । उक्त मूर्ति निर्माणलगायत समग्र माखिपा पर्यटन क्षेत्रका लागि गाउँपालिकाले करिब ४२ लाख रुपैयाँ खर्च गरिसकेको छ ।
यसमध्ये गान्पा, रतेपाको सालिकमा १ लाख २० हजार, सतिदेवी मन्दिरमा २ लाख ८५ हजार, पयटकीय क्षेत्रमा खानेपानीका लागि ६ लाख, शौचालयमा ९ लाख रुपैयाँ खर्च भएको माक्पाको वडा कार्यालयले जनाएको छ । उक्त रकमले कुकुरको सालिकबाहेक गान्पा, रतेपाको सालिक, सतीदेवी मन्दिर, स्विमिङ पुल लगायतमा खर्च गरिएको छ ।
उक्त रकम क्रमागत रूपमा खर्च गरिएको हो ।



