फिचरनेपालमा महामारीको चौथो लहर, दैनिक संक्रमित ८ हजार पुग्ने अनुमान

नेपालमा महामारीको चौथो लहर, दैनिक संक्रमित ८ हजार पुग्ने अनुमान

काठमाडौं । नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ ।

इडीसीडीको अनुसार संक्रमण तीन हप्तापछि मात्रै ओरालो लाग्दै जाने आंकलन गरिएको छ । अधिकांश मानिसले खोप लगाएका कारण अस्पताल भर्नादर अन्य लहरभन्दा भने कम हुने स्वास्थ्य मन्त्रालयको आंकलन छ ।

कोरोना विरुद्ध खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन् । जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को अनिवार्य रुपमा दिर्नुपर्ने उनीहरुको भनाइ छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार ७३ लाख ५१ हजार ६९५ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।

चौथो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामी बढ्न थालेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार जटिल खालका बिरामी बढ्नुमा तीन वटा कारण छन् । पहिलो, भाइरस एकदमै संक्रामक छ भने यसबाट दीर्घरोगी बढी प्रभावित भएका छन् । दोस्रो, संक्रमितहरु ढिला गरी अस्पताल पुगेका छन् र तेस्रो, कतिपय संक्रमितले खोप लगाएका छैनन् ।

मन्त्रालयको आइतबारसम्मको विवरण अनुसार १५२ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ४५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचारत छन् ।

धेरैजसो संक्रमितमा घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ । पछिल्लो समय संक्रमितलाई पसिना धेरै आउने लक्षण पनि देखिएको विशेषज्ञहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img