काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।
सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर १ र २ का साथै चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न पार्टी नेताहरुले आग्रह गरेको भए पनि आफूले मातृभूमि रोजेको उनले बताए ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव ४ मंसिरमा हुँदैछ । राप्रपा नेताहरुका अनुसार देशभरबाट उम्मेदवारहरुको नाम सिफारिस गर्न भनिएको छ । जसमा पार्टीको जुम्ला जिल्ला कार्यसमितिले पनि शाहीको मात्र नाम सिफारिस गरेको थियो ।