देशकोशी प्रदेशधरानका २३ वर्षीय युवकको पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

धरानका २३ वर्षीय युवकको पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

सुनसरी / मोरङको केराबारीमा धरानका एक जना युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-६ पानमाराका २३ वर्षीय इशान बहादुर कार्कीको मोरङको केराबारी गाउँपालिका- ६ स्थित हुरहुरे खोलामा पौडी खेल्ने क्रममा डुबेर कार्कीको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

डुबेको अवस्थामा फेला पारेका आफन्तले उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img