Friday, June 13, 2025
समाजपोर्चुगलमा गर्भवतीको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

पोर्चुगलमा गर्भवतीको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

spot_img

काठमाडौँ । पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । एउटा अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा कार्डियक अरेस्टका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ ।

तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई सुत्केरी गराउने अस्पतालहरूमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्य मन्त्री थिइन् र पोर्चुगललाई कोरोना महामारीबाट निको हुन मद्दत गर्ने श्रेय पनि उनैलाई दिइन्छ ।

-Ads-

तर मङ्गलबार एक सरकारी विज्ञप्तिमा भनिएको छ, ‘डा। टेमिडोले पदमा बसिरहन अब कुनै कारण बाँकी नरहेको महसुस गरिन् ।’ पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताए ।

अर्को विज्ञप्तिमा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् । प्रधानमन्त्रीले टेमिडोको उत्कृष्ट कामका लागि धन्यवाद दिए ।

पोर्चुगलको सबैभन्दा ठूलो शान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाईमा स्थान नदिइएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसै क्रममा उनको मृत्यु भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार, पोर्चुगलको राजधानी लिस्बनको साओ फ्रान्सिस्को जेभियर अस्पतालको सेन्टर-सीएचयूएलएन-ले दिएको जानकारी अनुसार गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरियो, त्यसपछि ७२२ ग्रामको नवजातलाई प्रिमेच्योर जन्मका कारण नै आइसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालले दिएको जानकारीमा आमालाई आइसीयूमा भर्ना गरिएको र त्यहाँ नै उनको मृत्यु भएको बताइएको छ ।

उनको बच्चाको ज्यान बचाउन सकियो, बच्चा अहिले स्वस्थ छन् । महिलाको मृत्युबारे अनुसन्धान सुरु गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img