समाजबैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी : बैतडीमा बालबालिकासहित ५४ जना सवार रहेको बस दुर्घटनामा परेको छ ।

महेन्द्रनरबाट बैतडीको मेलौली गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा दुर्घटना भएको हो ।

बस शुक्ररबार बिहान करिब ४ बजे दुर्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकुशल रहेको उनले बताए । केहीलाई समान्य चोटपटक लागेको भए पनि उनीहरुको सिद्धेश्रवर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।

बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img