एजेन्सी: विवाह गर्नुपूर्व नै आपसी समझदारी गरेर दुवै पक्ष मिलेर विवाह गरिन्छ । तर एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसमा विवाह गर्ने बेला बेहुला भागेका छन् ।
भारतको बिहारको नवादा जिल्लास्थित महुली गाउँकी गुड्डी कुमारीको विवाह महकार गाउँका सन्दीप कुमारसँग हुँदैथियो । पहिला दुवै जना फोनमा कुराकानी गर्थे ।
बिहीवार केटीलाई हेर्न केटा गाउँमै पुगे । गाउँलेले केटालाई देखेपछि तत्कालै विवाह गर्न खोजियो । शुरूमा केटा विवाहका लागि तयार थिएनन् तर पछि राजी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गाउँलेले विवाह गर्न दबाब दिएपछि ‘नवादा सिभिल कोर्ट’मा विवाह गर्ने निधो भयो । बेहुला–बेहुली दुवै अदालत पुगेका थिए ।
अदालतमा वकिलले बेहुलालाई कागजमा हस्ताक्षर गर्न भनेपछि उनी कलम नै फालेर भागे । बेहुला भागेपछि बेहुली पनि पछिपछि भागेकी थिइन् । सडकमा दौडधूप देखिएको थियो ।
सबै मिलेर सन्दीपलाई छोपेर प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीको रोहबरमा मन्दिरमा दुवैको विवाह गरिएको छ ।



