सुनसरी / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० का ३५ वर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको छ ।
म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



