देशकोशी प्रदेशउदयपुरमा एकै परिवारका तीन जनाको ह´त्या गर्ने आरोपी पक्राउ, प्रहरीद्वारा सार्वजनिक

उदयपुरमा एकै परिवारका तीन जनाको ह´त्या गर्ने आरोपी पक्राउ, प्रहरीद्वारा सार्वजनिक

सुनसरी / उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स ह´त्या आरोपमा पक्राउ गरी एक जनालाई प्रहरीद्वारा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नम्बर- ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ परेका ४३ बर्षिय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

उदयपुरको वाबिङ खोलामा एकै परिवारका ३७ बर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ बर्षिया सरिता बस्नेत र १२ बर्षिय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा बस्नेतलाई प्रहरीले सोहि दिन नै घटनामा प्रयोग गरिएको हतियार सहित पक्राउ गरेको थियो ।

आरोपितले राजकुमार सहित उनिकी श्रीमती र छोरालाइ एकान्त स्थान बबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरि हत्या गरेको थियोे । घटना बिहान साढे ११ बजे भएको भए पनि घटना एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे मात्रा घटना बारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुँयालले बताए ।

पक्राउ परेका हत्या आरोपी बस्नेतलाई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img