काठमाडौ: धेरै जसो व्यक्तिहरुलाई निद्राको कमी, हुदा पनि आँखामा कालो घेरा बस्ने गर्दछ ।
पर्याप्त निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा कालो घेरा हुन्छ । जसले गर्दा मानिसको सैन्दर्यमा हानि पूर्याउछ । केहि त्यस्ता खाने कुराबाट पनि डार्क सर्कलबाट बच्न सकिन्छ ।
विशेषगरी, गरेर भिटामिनको कमिले गर्दा पनि आँखावरिपरि डार्क सर्कल देखापर्ने गर्छ यस्ता छन् । कालो दाग हटाउने तरिका भिटामिन ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप र हरियो सागपात खादा यो समस्या हटेर जान्छ । भिटामिन सी’को कारणले पनि यो रोग उत्पन्न हुने गर्दछ ।
कालो दाग हटाउन आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ । कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ । यिनै तरिका अपनाउदा आँखाको कालो घेरा हटेर जान्छ ।



