देशकोशी प्रदेशसुनसरीमा डेङ्गुको सङ्ख्या बढ्यो , संक्रमितको सङ्ख्या ५०
spot_img

सुनसरीमा डेङ्गुको सङ्ख्या बढ्यो , संक्रमितको सङ्ख्या ५०

सुनसरी / पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्न देशैभर बढ्न थाले पछि त्यसको प्रभाव सुनसरीमा पनि परेको छ । सुनसरीमा डेङ्गुको संक्रमित ५० जना रहेका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिकामा २३, धरान उपमहानगरपालिकामा १५, बराहक्षेत्र नगरपालिकामा ११ र इनरुवा नगरपालिकामा १ जना डेङ्गु सङ्क्रमित रहेका छन् ।

पहिले धरानमा महामारीकोरुपमा फैलिएको डेङ्गु यस पटक इटहरीमा सङ्ख्याको हिसाबमा बढी देखिएको छ । सुनसरीमा डेङ्गु सङ्क्रमण बढ्न थाले पछि सुनसरीका स्थानिय सरकार आफैले डेङ्गु नियन्त्रण र न्यूनीकरणका लागि अभियानहरू थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

जस अनुसार धरानमा सोमबार देखि फगिङ गर्न थालिएको छ भने इटहरी उपमहानगरपालिकामा डेङ्गु नियन्त्रणका लागि सर्च एन्ड डिस्ट्रोए अभियान सुरु गर्ने मेयर हेमकर्ण पौडेलले नगरवासीसँग आव्हान गरेका छन् । एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट यो रोग फैलिने भएकोले डेङ्गुबाट सचेत र सजग रहन स्वास्थ्य कार्यालय सुनसरीले सबैसँग आग्रह गरेको छ ।

घर वरिपरि पानी जम्न नदिन खाल्डाखुल्डी पुर्नुपर्ने हुन्छ भने फुल दानी, गमला दानी, र धेरै समय सम्म पानी जम्ने बस्तुहरू हटाउन र पुरा बाहुला भएको लुगा लगाउन समेत स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गरेर आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img