राजनीतिदसैँभित्रै सरप्राइज हुनेछ - उपेन्द्र यादव

दसैँभित्रै सरप्राइज हुनेछ – उपेन्द्र यादव

spot_img

काठमाडौँ, सत्तारुढ गठबन्धनका शीर्ष नेता तथा आगामी चुनावका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।शीर्ष नेतृत्वसहित बसेको कार्यदलको बैठकले अझै सहमति गर्न नसकेको हो ।

गठबन्धन सरकारमा रहेको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दसैँमा कुनै सरप्राइज हुँदैछ ? सत्ता गठबन्धनको उपेन्द्रले यसको संकेत गरेका छन् ।

यादवले पार्टी केही शीर्ष नेतासँगको ब्रिफिङमा दसैँमै कुनै सरप्राइज हुने भन्दै सत्ता गठबन्धनसँगको सहकार्य अब धेरै लामो नरहेको संकेत गरेका छन् । जसपाका एक नेताले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार एमालेसँग जसपाको चुनावी तालमेल हुने लगभग निश्चित भएको छ ।

ती नेताले भने, ‘एमाले र हाम्रोबीच चुनावी तालमेल हुने ९९ प्रतिशत निश्चित भइसकेको छ । केपी ओली झापा जाने भएकाले दसैँको टीका अगाडि लिखित सहमति नहुनसक्छ तर दसैँमै सरप्राइज आउने निश्चित छ । सत्ता गठबन्धनबाट बाहिरिने कुरा अध्यक्ष उपेन्द्र यादवले बताइसक्नुभयो ।’

जसपाले एमालेसँगको तालमेलमा मधेस प्रदेशका आधासहित २५ सीट प्रतिनिधिसभामा पाउने भएको छ । मधेसका ३२ मध्ये कम्तीमा १६ सीट जसपाले पाउने निश्चित भएको छ । त्यस्तै प्रदेश १ मा दुई वा तीन सीट, वागमतीमा एक सीट काठमाडौंबाट र लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरेर तीन सीट जसपाले पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img