पोखरा – गण्डकी प्रदेशका केही जिल्लाहरूमा भूकम्पको झड्का महसुस भएको छ ।
अहिले ८ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार लमजुङको खुदी केन्द्रविन्दु बनाएर ८ बजेर ४१ मिनेटमा ३.४ रेक्टरस्केल तिव्रताको भूकम्प गएको हो ।
लमजुङ, कास्कीलगायतका जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको छ ।