Saturday, April 19, 2025
राजनीतिदसैँभित्रै सरप्राइज हुनेछ - उपेन्द्र यादव
spot_img

दसैँभित्रै सरप्राइज हुनेछ – उपेन्द्र यादव

काठमाडौँ, सत्तारुढ गठबन्धनका शीर्ष नेता तथा आगामी चुनावका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।शीर्ष नेतृत्वसहित बसेको कार्यदलको बैठकले अझै सहमति गर्न नसकेको हो ।

गठबन्धन सरकारमा रहेको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दसैँमा कुनै सरप्राइज हुँदैछ ? सत्ता गठबन्धनको उपेन्द्रले यसको संकेत गरेका छन् ।

यादवले पार्टी केही शीर्ष नेतासँगको ब्रिफिङमा दसैँमै कुनै सरप्राइज हुने भन्दै सत्ता गठबन्धनसँगको सहकार्य अब धेरै लामो नरहेको संकेत गरेका छन् । जसपाका एक नेताले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार एमालेसँग जसपाको चुनावी तालमेल हुने लगभग निश्चित भएको छ ।

ती नेताले भने, ‘एमाले र हाम्रोबीच चुनावी तालमेल हुने ९९ प्रतिशत निश्चित भइसकेको छ । केपी ओली झापा जाने भएकाले दसैँको टीका अगाडि लिखित सहमति नहुनसक्छ तर दसैँमै सरप्राइज आउने निश्चित छ । सत्ता गठबन्धनबाट बाहिरिने कुरा अध्यक्ष उपेन्द्र यादवले बताइसक्नुभयो ।’

जसपाले एमालेसँगको तालमेलमा मधेस प्रदेशका आधासहित २५ सीट प्रतिनिधिसभामा पाउने भएको छ । मधेसका ३२ मध्ये कम्तीमा १६ सीट जसपाले पाउने निश्चित भएको छ । त्यस्तै प्रदेश १ मा दुई वा तीन सीट, वागमतीमा एक सीट काठमाडौंबाट र लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरेर तीन सीट जसपाले पाउनेछ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img