सुनसरी / झापा र मोरङको छुट्टा छुट्टै ठाउँ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ नगरपालिका -९ मा रहेको तेली खोलाको निर्माणाधिन पुलमा को १ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका-१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, शुक्रबार राति झापाको बाह्रदशी गाउँपालिका- ३ स्थित चारपाने राजगढ सडक खण्डमा प्र १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियोे ।
दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी- ३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेसिक अस्पताल भद्रपुर लगिएकोमा उनको चेकजाँच क्रममा मृत्यु भएको हो भने दुवै घटनाको विषयमा थप अनुसन्धान गरिएको छ ।



