खेल समाचारविश्वकप फाइनल अर्जेन्टिना-फ्रान्स खेल आइतबार नेपाली समयअनुसार साँझ पौने ९ बजे

विश्वकप फाइनल अर्जेन्टिना-फ्रान्स खेल आइतबार नेपाली समयअनुसार साँझ पौने ९ बजे

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ९ बजे हुनेछ । यस्तै तेस्रो स्थानको लागि मोरक्को र क्रोएसियाबीच शनिबार राति खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img