अर्थ व्यापारशुक्रबारको विदेशी मुद्राको विनिमय दर

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसा कायम गरिएको छ।  बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रूपैयाँ २४ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ३२ पैसा र बिक्रीमा १४० रूपैयाँ ९६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ १ पैसा र बिक्रीदर १६३ रूपैयाँ ७५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १ पैसा र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३० पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९९ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ५ पैसा तोकिएको छ।

 

Bidesi Mudra | विदेशी मुद्रा विनिमय दर | Today Exchange Rate

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img