Thursday, October 10, 2024
समाजधरानका मेयर हर्क साम्पाङले भने ‘मैले भनेको नमान्ने भए राजीनामा दिनुु'

धरानका मेयर हर्क साम्पाङले भने ‘मैले भनेको नमान्ने भए राजीनामा दिनुु’

spot_img

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।

आज शुक्रबार पत्रकार सम्मेलन गर्दै साम्पाङले भनेको नमान्ने भए राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका हुन् । सदस्यहरूले लगातार कार्यपालिका बैठक बहिस्कार गरेपछि साम्पाङले पत्रकार सम्मेलन गरेर उनीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि एकाएक उनी विवादमा तानिएका थिए ।

यसै विषयमा उनले सामाजिक फेसबुकममा लेखेका छन् ‘ कसैले कसैलाई सानो भन्दैमा सानो हुने होइन ! सानो हुँ भन्ने हिनताको शिकार बन्नु सर्बथा गलत हो ! जब सम्म दलित भन्ने शब्द र यसैलाई टेकेर बनाइएका आयोग, नियोग, संघ, संस्था र पार्टीहरु रहिरहन्छन् दलित कोटा र त्यसमा खेलिने राजनीति रहिरहन्छ तब सम्म विभेद रहिरहनेछ ! भनी आज बिहान स्टाटस लेखेका छन्

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img