देशकोशी प्रदेशइटहरीका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने

इटहरीका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने

सुनसरी / इटहरी उपमहानगरपालिकाले आगामी बैशाख देखि थारु भाषाको अध्यापन गर्ने तयारी गरेको छ ।

आगामी बैशाखदेखि लागू हुनेगरी उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।

इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । यसअघि पनि थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।

नेपाल सरकारको निर्णय बमोजिम अन्य भाषाको समेत अध्ययन र अध्यापन गराउनको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img